Rule 91
वार्षिक प्रतिवेदन
(१) विद्युत उत्पादन, प्रसारण वा वितरण गर्न अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत उत्पादन, प्रसारण वा वितरण शुरु गरे पछि विद्युत विकास विभाग समक्ष वार्षिक प्रतिवेदन पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा प्रत्येक महिनामा विभिन्न विद्युत गृहबाट उत्पादित युनिट, ग्राहकको किसिम छुुट्टिने गरी वितरित युनिट, प्रतिष्ठानको आन्तरिक उपयोग, चुहावट, लोड तथा क्यापासिटी फ्याक्टर, मासिक अधिकतम माग र नमुना लोडकर्भ समेत
उल्लेख गर्नु पर्नेछ ।